काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् । २०८१ साउन ७ गतेदेखि संस्थाको सीइओ पदमा कार्य गर्दै आएका जोशीले पदबाट दिएको राजिनामा संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै उक्त बैठकबाट संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत मेष बहादुर बस्नेतलाई चैत ८ गतेबाटै लागू हुनेगरी कायम मुकायम मुकरर गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।
एनआइसी एशिया लघुवित्तका सीइओ जोशीले दिए राजिनामा









