समय : ०६:१९ pm | शनिबार , फागुन ३० गते २०८२

तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न

अर्थ विशेष | फागुन ३० गते २०८२

काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८, २९ र ३० गते एक्स्पो आयोजना गरिएको थियो । सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने यो एक्सपोको दशौँ संस्करण हो ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन यो एक्सपो आयोजना गरिएको बताए । उनले भने, “विश्व परिवेशमा औषधि बनाउनका लागि कस्ताखालका प्रविधि विकास भएका छन् रु नयाँ आविष्कार भएका नयाँ प्रविधिहरुलाई आत्मसात् गरेर नेपाली औषधि बनाइरहेका छौँ भन्ने जानकारी दिन एक्स्पो आयोजना गरेका हौँ ।” उनले नेपालमा उत्पादित औषधिको गुणस्तरमा कुनै शङ्का नगर्न आग्रहसमेत गरे ।

एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यले जनताको सामू अन्तरराष्ट्रिय मापदण्ड र गुणस्तरको औषधि बनाइरहेको देखाउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन् ।

एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो । साथै विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिनुका साथै स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन पनि राखिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्