काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।









