समय : ०६:४२ pm | मङ्गलबार , पौष ९ गते २०८१

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार १६ गते २०८१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २ सय ९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौं डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

तोकिएको म्यादसम्म सेयरधनीहरूबाट खरीद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्