काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६२ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ । आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम भने गिरावट आउको हो । हिजो ५ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावरका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।,









