काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर २,६४२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ४४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलाइनस स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।








