काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २९ गते अनुमति पाएको हो ।यससँगै अब कम्पनीले आम सर्वसाधारणका लागि २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीकोा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।









