समय : ०६:५७ am | बुधबार , वैशाख ३० गते २०८३

आज बढ्यो सुनको मूल्य

अर्थ विशेष | असार १४ गते २०८१

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्