काठमाडौं । होटल फरेष्ट इनको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आइपीओ खुला गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।
यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।यो आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।









