समय : ०६:४२ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा झिनो अंकको गिरावट

अर्थ विशेष | माघ २१ गते २०८२


काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर २,६८१ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८० करोड माथिको शेयर कारोबार भउको छ । एसवाई प्यानलको ६० करोड ३० लाखको शेयर कारोबार भएको छ । राधि विद्युतको २६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एचएलआई लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ५४ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्