समय : ०७:०५ am | बुधबार , वैशाख ३० गते २०८३

तीन नवप्रवर्तन (स्टार्टअप) कम्पनी पुरस्कृत

अर्थ विशेष | असार १३ गते २०८१

काठमाडौं । तीन नवप्रवर्तन (स्टार्टअप) कम्पनी पुरस्कृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कम्पनीलाई पुरस्कृत गरेको हो ।औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मन्त्रालयले ती तीन स्टार्टअप कम्पनीलाई आज बिहीबार पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा झापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन बी कन्सर्न प्रालि र रुपन्देही देवदह–१० को आवास फर्निचर इन्डस्ट्रिज प्रालि छन् ।

मन्त्रालयका अनुसार नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० निर्माण गरी सोही बमोजिम नवप्रवर्तनकारी कार्यमा संलग्न उद्यमीलाई ३० दिनको समय दिई सूचना प्रकाशन गरिएको थियो ।

त्यसपछि प्राप्त ६ वटा प्रस्ताव मूल्यांकन गर्न मापदण्ड बमोजिम औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समितिले प्राप्त कागजातका आधारमा पूर्वमूल्यांकन गरेको मन्त्रालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्