समय : १०:०७ am | बुधबार , माघ २१ गते २०८२

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

अर्थ विशेष | माघ १९ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।
सोही अन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाण्डौ गुँराससँगको सहकार्यमा गन्धकुटी विहार खोकना, वडा न. २१, ललितपुरमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर जस्ता क्यान्सर रोगको पहिचान, मधुमेह तथा थाईराइड रोगको पहिचान र साधारण स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यको लागि आर्थिक सहयोग गरेको हो ।

त्यसैगरी भानुपथ, सिदार्थनगर–०९, रुपन्देहीमा रहेको भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्नको लागि बैंकको भैरहवा शाखा कार्यालय मार्फत आर्थिक सहयोग गरिएको छ । खेलमैदानमा भाष्टक राखी रोलिङ्ग गराई पानीको निकास गर्न आवश्यक पर्ने निर्माण कार्य गर्न बैंकले सहयोग गरेको हो ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्