काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मिथिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५१ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।









