समय : १२:०० pm | बुधबार , माघ २१ गते २०८२

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

अर्थ विशेष | माघ १२ गते २०८२

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २५ लाख ३६ आवेदन परेको छ । यसमध्ये २४ लाख ७१ हजार ७ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये ८ लाख २० हजार जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्