समय : ०५:२१ am | बिहिबार , माघ २१ गते २०८२

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

अर्थ विशेष | माघ ४ गते २०८२

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने बताए । शाहले आजै प्रमुख पदबाट राजीनामा बुझाउँदै छन् ।

रास्वपाको केन्द्रीय कार्यालय चमतिमा बस्ने सो बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिए ।

पार्टी सभापति लामिछाने, नेता शाहलगायत अन्य नेताहरु आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्