समय : ०७:२३ am | बुधबार , वैशाख ३० गते २०८३

आज घट्यो सुनचाँदीको मूल्य

अर्थ विशेष | असार १२ गते २०८१

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्