समय : ०७:२३ am | बुधबार , वैशाख ३० गते २०८३

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने

अर्थ विशेष | असार ११ गते २०८१

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २६ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।
आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाण्डौमा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने(मर्जर)
कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०।८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्