काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८७ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्रिन भेञ्चरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगर एग्रिटेकको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।









