समय : ०३:५१ pm | आइतबार , असार १४ गते २०८३

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल नियुक्त

अर्थ विशेष | पौष १६ गते २०८२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, कम्पनीको रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचनलाई नियुक्त गरिएको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्