काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता शेयर आज पुस १६ गतेबाट बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।इच्छुक लगानीकर्ताले सम्पूर्ण शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पुस २३ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा बुझाउन सकिनेछ।









