समय : ०६:५५ pm | बुधबार , माघ २१ गते २०८२

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

अर्थ विशेष | पौष १३ गते २०८२

काठमाडौं । आज शेयर शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६० लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको २२ करोड ७५ लाखको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १८ करोड ९२ लाखको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्