समय : १०:०८ am | बुधबार , माघ २१ गते २०८२

चीनको विद्युत् उत्पादन क्षमता तीन अर्ब ७९ करोड किलोवाट पुग्यो

अर्थ विशेष | पौष ११ गते २०८२

एजेन्सी । चीनको विद्युत् उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७।१ प्रतिशतले बढी हो ।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार, यस वृद्धिमा सौर्य ऊर्जाले सबैभन्दा ठूलो योगदान पु¥याएको छ । सौर्य ऊर्जाको क्षमता ४१.९ प्रतिशत बढेर एक अर्ब १६ करोड किलोवाट पुगेको छ भने हावाबाट उत्पादन ऊर्जाको क्षमता २२।४ प्रतिशतले वृद्धि भएर ६० करोड किलोवाटमा पुगेको छ ।

चीनले विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा प्रणाली र कार्बन कारोबार बजार स्थापना गरेको छ । १४औँ पंचवर्षीय योजना ९सन् २०२१–२०२५० अवधिमा, हरित ऊर्जाले चीनको कुल विद्युत् खपतको एक तिहाइ भाग पुर्याएको छ ।

देशले आगामी पाँच वर्षमा हरित रूपान्तरणलाई तीव्र बनाउने र ‘सुन्दर चीन’ निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा ६।२ प्रतिशतले वृद्धि भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्