समय : ०७:३० am | बुधबार , वैशाख ३० गते २०८३

सुनको मूल्य ८ डलरले बढ्यो

अर्थ विशेष | असार ११ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.३५ प्रतिशत अर्थात ८.०२ डलरले बढेको छ ।
सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३२७.२ डलर पुगेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.३२ प्रतिशत अर्थात ०.०९ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.४८ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्