समय : ०६:५७ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य वृद्धि

अर्थ विशेष | पौष ९ गते २०८२

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २,५८५ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्