काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ११ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।









