समय : १२:४० am | बिहिबार , माघ २१ गते २०८२

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा

अर्थ विशेष | पौष ४ गते २०८२

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्