काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ६६ अंकले घटेर २,६१५ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीको शेयर करोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।









