समय : ०३:११ am | बुधबार , चैत्र ३ गते २०८२

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | पौष ३ गते २०८२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेका छन् ।संस्थाको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्