समय : ०७:१४ am | शुक्रबार , चैत्र ६ गते २०८२

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा

अर्थ विशेष | पौष २ गते २०८२

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको १९३ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवसम्मको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्