काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।









