समय : ०७:१३ am | मङ्गलबार , फागुन १९ गते २०८२

घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

अर्थ विशेष | पौष १ गते २०८२

काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम रोकिएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्