समय : ०८:२८ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य वृद्धि

अर्थ विशेष | मंसिर २९ गते २०८२

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७४ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्