समय : ०७:११ am | मङ्गलबार , फागुन १९ गते २०८२

सुनको मूल्य निरन्तर उकालोतिर

अर्थ विशेष | मंसिर २८ गते २०८२

काठमाडौँ ।गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्