समय : ०५:४६ pm | मङ्गलबार , फागुन १९ गते २०८२

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ विशेष | मंसिर २६ गते २०८२

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
उक्त बैेठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको १०.५२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्