समय : ०२:०८ pm | मङ्गलबार , फागुन १९ गते २०८२

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

अर्थ विशेष | मंसिर २६ गते २०८२


काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्