समय : ०५:५३ pm | आइतबार , चैत्र १५ गते २०८२

फर्स्ट माइक्रोफाइनान्सको ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर २६ गते २०८२


काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ निर्धारण गरिएको छ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्