समय : ०८:२८ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा झिनो गिरावट

अर्थ विशेष | मंसिर २५ गते २०८२

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ६६ अंकले घटेर २,६०७ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९७ लाख रुपैयााको शेयर कारोबार भएको छ । श्रीनगरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिष्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्