समय : ११:३६ pm | मङ्गलबार , चैत्र १० गते २०८२

सिटिजन लाइफको लाभांश घोषणा

अर्थ विशेष | मंसिर २४ गते २०८२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।यो नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्