समय : १०:०८ am | बुधबार , माघ २१ गते २०८२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा जोशी नियुक्त

अर्थ विशेष | मंसिर २३ गते २०८२

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत जोशीलाई मंसिर २३ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नहुँदासम्म वा बढीमा ३ महिनासम्मका लागि उक्त जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ लिलामणी न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेबाट समाप्त भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्