समय : १०:०७ pm | बुधबार , माघ २१ गते २०८२

एनआरएन इन्फ्रास्ट्रक्चरको स्वामित्वमा रहेको कुमारी बैंकको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर २२ गते २०८२

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको नाममा रहेको कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र मूल्य खुलाउनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्