समय : १०:०७ pm | बुधबार , माघ २१ गते २०८२

लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर २१ गते २०८२

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्