समय : ०६:२७ am | बिहिबार , माघ २२ गते २०८२

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

अर्थ विशेष | मंसिर १७ गते २०८२

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्