समय : ११:३८ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा २६ अंकको गिरावट

अर्थ विशेष | मंसिर १४ गते २०८२

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५१ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्