समय : ०९:१० am | बिहिबार , माघ २२ गते २०८२

बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

अर्थ विशेष | मंसिर १४ गते २०८२

काठमाण्डौ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्