समय : १२:५९ pm | मङ्गलबार , फागुन १९ गते २०८२

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

अर्थ विशेष | मंसिर ११ गते २०८२


काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको हाल कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्