समय : ११:३८ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा लगातार वृद्धि

अर्थ विशेष | मंसिर १० गते २०८२

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आइतबारबाट बजारमा लगातार वृद्धि भइरहेको छ । आज नेप्से परिसूचक ९ दशमलव ६१ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्