समय : ०७:२९ am | मङ्गलबार , फागुन २६ गते २०८२

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

अर्थ विशेष | मंसिर ९ गते २०८२

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ । बैठकले प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३२ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्