समय : ०२:३० am | बिहिबार , माघ २१ गते २०८२

फेदीखोला हाइड्रोपावरले १७ करोडको आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्थ विशेष | कार्तिक २७ गते २०८२

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्नेसम्बन्धी कार्यका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अधिकृत तथा जारी पुँजी ८० करोड रुपैयाँ रहेको फेदीखोला हाइड्रोपावरले जारी पुँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणमा तोकिएअनुरुप जारी गर्ने कम्पनीले जनाएको छ।

कात्तिक २६ सम्पन्न भएको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ) खोलामा निर्माण भइरहेको ४.३ फेदी (थुमलुङ) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनना २०८२ माघभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको र नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने प्रबन्ध सञ्चालक दुलालले योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्