समय : ०४:०४ am | बिहिबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य वृद्धि

अर्थ विशेष | कार्तिक २५ गते २०८२

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३ दशमलव २१ अंकले बढेर २,५६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डिबेञ्चर र बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ र सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्