समय : ०९:१५ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

नेप्सेमा २७ अंकको गिरावट

अर्थ विशेष | कार्तिक १८ गते २०८२

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७ दशमलव ६४ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड माथिको शेयर कारोबार भएको छ । राधि विद्युतको २२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । फर्स्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ९ दशलमव २० प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्